काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा एआईजी कार्की


काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी अतिरिक्त माहानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई दिइएको छ । भदौ १८ गतेबाट एआईजी टेक बाहदुर तामाङ्गले अवकाश पाएपछि उक्त पद खाली रहेको थियो । जेनजी पदर्शनलाई मध्य नजर गर्दै आजबाट -एआईजी० कार्कीलाई प्रमुखको रुपमा नियुक्त गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनाल बताउँछन् । उनका अनुसार आज बिहानैबाट प्रदर्शनकारी जम्मा भइरहेका छन्, त्यसैले गर्दा प्रहरीहरू बिहानैबाट खटाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी प्रमुखको पद खाली भएको कारणले पनि हिजो भएको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो । यसअधि निम्त्ति प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना रहेका थिए । डीआईजी रानालाई उक्त पदबाट हटाएर रानाको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको हो ।