जेनजी आन्दोलन छानबिन गर्न मन्त्रिपरिषदले बनायो समिति


काठमाडौं – सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनको छानबिन गर्न समिति बनाएको छ। प्रदर्शनले हिंसात्मक रूप लिएपछि घटेको घटनाबारे छानबिन गर्न मन्त्रिपरिषदले समिति बनाएको हो।

प्रदर्शनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषद बैठक डाकेका थिए। सोही बैठकले छानबिन गर्न समिति बनाएको छ। अबको १५ दिनभित्र उक्त समितिले प्रतिवेदन बुझाउने बताइएको छ ।