कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – कामना सेवा विकास बैंककले आजदेखि बैंकको विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंककले साबिक संस्थापक शेयरधनीहरुका लागि ४० हजार ३३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक साबिक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफूले खरिद गर्ने शेयर संख्या खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकेको म्यादभित्र उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा सो शेयर सर्वसाधारणलाई बिक्रीमा राखिने बैंककले जनाएको छ ।