काठमाडौं – गभर्नर डा. विश्वनाथ पौडेलले बैंकप्रति खुकुलो मौद्रिक नीति ल्याउँदैमा समस्या समाधान नहुने बताए । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले अहिलेको सबै समस्याको समाधान मौद्रक नीति गर्छ भनेर बुझ्न नहुने बताएका हुन् ।
बाफियाको सन्दर्भमा गभर्नर पौडेलले सांसदहरुलाई संशोधन कसरी र कुन गन्तव्यमा पुग्नका लागि गर्ने भन्ने स्पष्ट हुन अनुरोध गरे । बाफियाले केन्द्रीकृत रहेको वित्तीय क्षेत्रको स्रोत र सम्पत्तिलाई सबैले समान रूपमा प्रयोग गर्न पाउने गरी सम्बोधन गर्नुपर्ने उनले बताए ।
वित्तीय क्षेत्रको स्रोत कमन गुड भएकाले कसले, कुन स्थानको व्यक्तिले कर्जा पाएको भन्ने विषयमा हेरिनु पर्ने उनको सुझाव छ । ‘विगतदेखिनै कर्जा पछाडि परेको समुदायमा लैजाने प्रयास गरेको हो । तर त्यो आजसम्म पनि सफल किन हुन सकेन? ’,उनले प्रश्न गरे ।
साथै उनले भने,‘कर्जा प्रवाह वढाउँदैमा उद्याम व्यवसायी र अर्थतन्त्र विस्तार हुने होइन रहेछ । त्यसका लागि उद्यमी व्यवसायीसँग जोडिएका अन्य पक्ष तथा पूर्वाधारको पनि विकास हुन जरुरी छ।’ ‘पैसा पाउँदैमा मात्र उधमी बनन् सम्भव छैन,’ उनले भने,‘कर्जा बढाउन भनेर जबरजस्ती गर्दा त्यो डुब्छ ।’ त्यसैले राज्यले पनि लगानीका अवसर खोजिदिनु पर्ने गभर्नर पौडेलको भनाइ छ।



About Us
प्रतिक्रिया