१० करोडको बैंकिङ्ग कसुर आरोप लागेका काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक हप्तामै छुटे 


काठमाडौं– काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको हप्ता दिनमै छुटेका छन्। चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका भेटवाल अदालतले म्याद थप नगरिदिएपछि छुटेका हुन्।

१३ असारमा पक्राउ परेका भेटवाललाई सोही दिनबाट गणना हुनेगरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो । उनी पक्राउ परेलगत्तै अस्पताल भर्ना भएका थिए । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए ।