८४ लाख ३६ हजार बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका– ७ बस्ने सिन्धुली दुधौली नगरपालिका– ८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका – ६ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका– ४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका– ७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका– ५ गुर्जुधाराबाट शुक्रवार पक्राउ गरेको हो । ४७ लाख ३६ हजार बिगो रकम खड्काको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत ४ वटा मुद्दा दर्ता भई फरार रहेको खुल्न आएको छ ।

यस्तै, ३७ लाख रुपैयाँ बिगो भएको लामाको नाममा पनि  अन्य प्रहरी कार्यालयहरूमा ३ वटा मुद्दा दर्ता भई फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको  प्रहरीले  बताएको छ ।