स्वार्थको द्वन्द्व हटाउनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्छ : सांसद सिंह


काठमाडौं – स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले स्वार्थको द्वन्द्व हटाउनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्ने बताएका छन् । अर्थ समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् ।

सांसद सिंहले स्वार्थको द्वन्द्व हटाउनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्ने भन्दै उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । उनले निश्चित व्यवसायिक घरानाले मात्र कर्जा प्रयोग गर्ने अवस्था अन्त्य गरेर सर्वसाधारणलाई पनि सजिलै कर्जा उपलब्ध गराउन सक्ने किसिमको नीति लिनुपर्ने अवस्था आएको बताए ।

उनले क्रिप्टोकरेन्सी कारोबारलाई कानुनको दायराभित्र ल्याउनुपर्ने सुझाव समेत दिएका छन्।