काठमाडौं – नेपाल सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्लले राष्ट्रिय सहकारी बैंकले सहुलियतपूर्ण कर्जा दिए सहकारीलाई उत्पादनमा जोड्न सकिने बताएकी छिन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्न राय र सुझाव लिन आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले हाल पनि ब्याज बढी पाउने आसमा सहकारीमा पैसा राख्ने प्रवृत्ति रहेको बताएकी हुन् । उनले सरकारले अन्य बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा दिइरहेको तर राष्ट्रिय सहकारी बैंकलाई भने यस्तो व्यवस्था नगरेको गुनासो गरेकी हुन् । उनले राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरे सहकारी संस्थाहरूलाई उत्पादनमा सहजै जोड्न सकिने बताएकी हुन् ।
उनले हाल पनि ५ सयभन्दा बढी साना तथा मझौला उद्योग सरकारको सहयोगबिना नै सहकारीले चलाएको भन्दै यस्तो व्यवस्था गरे साना तथा मझौला उद्योगलाई पनि सहजीकरण हुने धारणा व्यक्त गरिन् । उनले एक करोड भन्दा बढी मानिस सहकारीमा आबद्ध रहेको र जसमा महिला ७५ प्रतिशत बढी रहेको भन्दै महिलालाई उद्यमशील बनाउन पनि यसले सहयोग पुर्याउने बताइन् । उनले सहकारी बैंकलाई सुपरिवेक्षण गर्न छुट्टै मापदण्ड जारी गर्नुपर्ने बताइन् । सहकारी बैंकले सबै नियम पालना गर्दा समस्या सिर्जना भएका कारण सो बैंकका लागि छुट्टै सुपरिवेक्षण आवश्यक रहेको बताएकी हुन् ।



About Us
प्रतिक्रिया