लक्ष्मी सनराइज बैंकले निकाल्यो स्मार्ट कर्जा नतिर्ने ५३ ऋणीको विवरण


काठमाडौं – लक्ष्मी सनराइज बैंकले स्मार्ट फोन लोन लिएर नतिर्ने ऋणहरुको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ ।

२०६१ सालदेखि स्मार्ट फोन लोन लिएर नतिर्ने५३ जना ऋणीको तीनपुस्ते विवरणसहित सूचना जारी गर्दै बैंकले ३५ दिनभित्र ऋण तिर्न निर्देशन दिएको हो। बैंकले दिएको मितिमा ऋण चुक्ता गर्न नआउने ऋणीहरुलाई कालोसूचीमा राखिने जनाएको छ ।

बैंकले म्याद सकिएपछि पनि ऋण तिर्न नआउने ऋणीबाट कर्जा असुल्नका लागि कालोसूचीमा राख्ने र ऋणीबाट ऋण असुल नगरुन्जेलसम्म कालोसूचीबाट नहटाउने जनाएकाे छ ।