काठमाडौं – सहकारी संस्थाको कीर्ते माईन्यूटिङ बनाएर रकम अपचलन गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का वर्ष ३५ का अंगिस श्रेष्ठ रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले त्रियुगा नगरपालिका–१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले बैंकिङ्ग समाचारसँग बताए ।
उनले महिला जनजागृती बचत तथा ऋण सहकारी संस्थाको पूर्व पदाधिकारीहरूको नाममा किर्ते माईन्यूटिङ खडा रकम हिनामिना खुल्न आएको छ । यस सहकारीको रकम अपचलनमा अन्य चार जना प्रतिवादीहरू रहेको दोङले बताए ।
उनलाई जिल्ला अदालतबाट किर्ते गरी ठगी गरेको सम्बन्धी कसुरमा म्याद गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया