नागरिक लगानी कोष र हिमालयन बैंकबीच शेयर प्रत्याभूति सम्झौता


काठमाडौं – नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) को प्रत्याभूति गर्ने भएको छ ।

यस सम्बन्धी सम्झौतामा आइतबार कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणाले हस्ताक्षर गरे ।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।