अधिक तरलता: ६० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट पुनः ६०अर्ब रुपैयाँ तान्ने भएको छ।  वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज केन्द्रीय बैंकले ४२ दिन अवधिको ६० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता तान्न  लागेको हो। यसका लागि बैंकले आज १२ बजे बोलकबोल गर्नेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ। यो ४२  दिने निक्षेप संकलन उपकरणको साउन १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

असार लागेसँगै केन्द्रीय बैंकले तेस्रो पटक निक्षेप तान्न लागेको हो। यसअगाडि असार १ गते ४० अर्ब रुपैयाँ र ४ गते ९० अर्ब रुपैयाँ तानेको थियो।