सात लाखको बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादी पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको शहिदलखनका ३० वर्षीय समिर राज वाग्ले रहेका छन् । 

उनलाई काठमाडौं उपत्यका अपराध अपराध अनुसन्धान कार्यलयबाट खटिएका प्रहरी टोलीले काठमाडौंको गौशलाबाट पक्राउ गरेकाे हाे ।

उनलाई  पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।