चेक अनादर मुद्दामा फरार १ जना पक्राउ, १ करोड १५ लाख बिगो दाबी


काठमाडौं – चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० वर्षीय सिन्धुपाल्चोक साँगाचोकका विरेन्द्र खत्री रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको  सुर्यविनायकबाट पक्राउ गरेको हो। उनको नाममा २०८१ साउन २५ गते नै चेक जारी गरी अनादर गरेको पुष्टि भैसकेको  थियो।  

उक्त फैसाल अनुसार भराई पाउने बिगो एक करोड पन्ध्र लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ।