वालेट मर्जरमा इतिहास रच्दै आईएमई र खल्ती : राष्ट्र बैंकले दियो स्वीकृति, साउन १ देखि एकीकृत कारोबार सुरू


काठमाडौं – नेपाल राष्ट्र बैंकले आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै एक आपसमा गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको बताएको हो ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी गाभ्न/गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंककाअनुसार दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार मिति साउन १ गते बिहीबारका दिनदेखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुनेछ । यसअघि नेपालको इतिहासमा वालेट कम्पनीहरु मर्जरमा गएका छैनन् । यो मर्जर नै नेपालको इतिहासकै पहिलो मर्जर हो ।