काठमाडौं – नेपाल राष्ट्र बैंकको अर्धवार्षिक तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ०.८३ प्रतिशतले बढेर १ खर्ब ११ करोड ६३ लाख पुगेको छ।
केन्द्रीय बैंकले सुदूरपश्चिम प्रदेश अन्तर्गतका ९ वटै जिल्लाहरूको स्थलगत तथा गैरस्थलगतरुपमा अध्ययन गरी आर्थिक वर्ष २०८१/८२ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जाको अंश ७२.८४ प्रतिशत रहेको छ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कुल सेवा क्षेत्र कर्जामध्ये थोक तथा खुद्रा विक्रेतासम्बन्धी व्यवसायमा ४३.०४ प्रतिशत, उपभोग्य कर्जामा ३१.९६ प्रतिशत, अन्य व्यवसायमा प्रवाहित कर्जा ८.७९ प्रतिशत, शिक्षामा ३.६२ प्रतिशत, रियल स्टेटमा ३.२३ प्रतिशत, पर्यटनमा ३.०९ प्रतिशत, अन्य सेवामा १.८८ प्रतिशत, स्वास्थ्य र अन्य सामाजिक कार्यमा १.६३ प्रतिशत, यातायात भण्डारण र संचारमा १.५९ प्रतिशत र वित्त, बीमा तथा अचल सम्पतिमा १.१८ प्रतिशत अंश रहेको प्रतिवेदनमा उल्लेख छ ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल सेवा क्षेत्र कर्जा मध्ये कैलाली जिल्लाको अंश ६६.७८ प्रतिशत, कञ्चनपुर जिल्लाको अंश २०.०९ प्रतिशत, डडेल्धुरा, डोटी, अछाम, बझाङ, दार्चुला, बैतडी, तथा बाजुरा जिल्लाकोअंश क्रमशः ३.०५ प्रतिशत, २.१९ प्रतिशत, २.१६ प्रतिशत, १.६२ प्रतिशत, १.५८ प्रतिशत, १.४१ प्रतिशत र १.१२ प्रतिशत रहेको छ ।



About Us
प्रतिक्रिया