अहिलेको बजेटले कृषि र पर्यटन क्षेत्रलाई सम्बोधन गर्न सकेनः अध्यक्ष गोल्यान


काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघका पूर्व अध्यक्ष तथा गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले पर्यटन र कृषि क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ काे चाैथाे सत्र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी लाई सम्बोधन गर्दै सरकारले बजेट मार्फत कृषि र पर्यटन क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका हुन् । 

अध्यक्ष गोल्यानले भने,‘जबसम्म बजेट र मौद्रिक नीतिले कृषि र पर्यटन क्षेत्रलाई सम्बोधन गर्दैन, तबसम्म विकास हुँदैन। यी दुई क्षेत्र प्राथमिकतामा पर्नुपर्छ’