ओपन बैंकिङ्गमा अवसरसँगै चुनाैती पनि छः चिफ स्ट्राटेजी अफिसर शाक्य


काठमाडौं – इसेवाका चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले ओपन बैंकिङ्ग र नियो-बैंकमा अवसरसँगै चुनाैतीहरू रहेका बताएका छन्।

तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणा’ मा बाेल्दै उनले डेटा सुरक्षाकाे विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका हुन्।

उनले भने, ‘अवसरसँगै रिस्क पनि छ, डाटा सुरक्षाकाे विषयलाई लिएर नीतिगत पहल गर्न आवश्यक छ।’