काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधनले नेपालको आर्थिक गतिविधि नै प्रभावित पार्ने बताएका छन्। आज आयोजित तेस्रो संस्करणको नेश्नल बैंकिङ्ग डिस्कोर्श, २०२५ को उद्घाटन सत्रमा बोल्दै ढकालले संसद्मा विचाराधीन अवस्थामा रहेको ऐनको संशोधन जस्ताको त्यस्तै भएमा आर्थिक गतिविधि नै प्रभावित बन्ने बताएका हुन्।
बाफियासँग सम्बन्धित ऐन संशोधन गर्न संसदमा प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुट्टाउने प्रस्ताव छ। प्रस्तावअनुसार बैंकर र व्यवसायी छुट्टाउने गरी अघि बढिएको छ। जसमा नेपाल राष्ट्र बैंकका गभर्नरले समेत सहमति जनाइसकेका छन् र यही व्यवस्था कायम गर्नुपर्ने उल्लेख गरेका छन्। ‘व्यवसायी र बैंकर छुट्टाउने भन्ने जुन विषय छ। यसले समस्या पार्न सक्छ’, ढकालले भने, ‘यहीकारण, बैंक र व्यवसायी छुट्टाउने चर्चित नारा छ। योअनुसार अघि बढ्ने हो भने अर्थतन्त्रको गतिविधि नै प्रभावित छ।’
‘एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिन्छ,’ ढकालले थपे, ‘यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको जुन विषय छ। यो डरलाग्दो छ।’ यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन्।
यस्तै, उनले बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक विकासको लक्ष्य पुरा गर्न सकिने समेत बताए। बजेटले नयाँ विषयहरू समेटेको छ। त्यसले नेपालको आर्थिक समृद्धि अघि बढाउने र मध्यपूर्वबाट प्राकृतिक स्रोत सदुपयोगका लागि कसरी काम गर्ने भन्ने विषयमा सिक्न सकिने ढकालको भनाई छ। यही कारण, बजेटले लिएको ढुंगा गिट्टी निर्यातको लक्ष्य वातावरण नबिगारीकन सदुपयोग गर्न सकेमा आर्थिक वृद्धि सम्भव छ।





About Us
प्रतिक्रिया