राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती छः वरिष्ठ डेपुटी गभर्नर डा.ढुंगाना


काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा चुनौती रहेको बताएकी छिन् । तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्शलाई सम्बोधन गर्दै उनले सो बताएकी हुन् । साथै, उनले डिस्कोशले बैंकिङ्ग क्षेत्रको प्रर्वद्धनमा डिस्कोर्शले प्रभावकारी भूमिका खेलेको बताइन् ।

यस कार्यक्रममा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्।

यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिस् आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।