बैंकिङ्ग क्षेत्रको समस्या समाधानका लागि तयार छौंः अर्थमन्त्री पौडेल


काठमाडौं – उपप्रधान‘ एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकार बैंकिङ्ग क्षेत्रको समस्या समाधानमा तयार रहेको बताएका छन् । उनले तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ लाई सम्बोधन गर्दै सो बताएका हुन् ।

साथै, उनले डिस्कोर्शले बैंकिङ्ग क्षेत्रको समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए । वित्तीय क्षेत्रलाई राम्रोसँग अगाडी बढाउनु पर्ने अवस्था रहेको उनले बताए । अर्थमन्त्री पौडेलले बजेटप्रति राम्रो प्रतिक्रिया पाएको समेत उल्लेख गरे ।

यस कार्यक्रममा नेपालमा कर्जा विस्तारको चुनौतीः लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्।

यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।