काठमाडौं – बुधबार शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६ दशमलव ८७ अंकले घटेर बजार २,६ सय ५२ दशमलव ६ को बिन्दुमा कायम भएको छ। आज ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्यमा स्थिर देखिएको हो।
आज दिनभरिमा ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै अरुण काबेली कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै ओम मेगाश्री र पिओर इनर्जी लिमिटेडका लगानीकर्ताले कमाएका छन्। आज ओम मेगाश्री कम्पनीका लगानीकर्ताले १० प्रतिशत र पिओर इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा धेरै गुमाउने कम्पनीमा कपोर्रेट डेभलपमेन्ट कम्पनी रहेको छ। आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ८२ प्रतिशतले गुमाएका छन्।



About Us
प्रतिक्रिया