काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब १४ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी राष्ट्र बैंकको विभिन्न कोषमा रहेको कुल ३ अर्ब १४ करोड २ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी गराएको हो।
यसका लागि जेठ २२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४७ करोड १० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड ७० लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गर्नेछ।



About Us
प्रतिक्रिया