एकैदिन २९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी रकमको वृद्धि देखिएको छ । आज  सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे ।

हिजो सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ। यससँगै चाँदी आज तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी १ हजार ९९० रुपैयाँ कायम भएको थियो।