काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को तेस्रो सत्रको वक्ताका रूपमा नेपाल राष्ट्र बैंकको निर्देशक कृष्ण राम धुँजु सहभागि हुने भएका छन् । बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको तेस्रो सत्र ओपन बैंकिङ्ग र फिनटेक: सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो-बैंकको नियमाकीय अवधारणा मा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।
काठमाडौंमा जन्मिएका धुँजु काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ्मा स्नातक (बिटेक) गरेर राष्ट्र बैंकमा अधिकृतका रुपमा विक्रम सम्वत् २०५८ सेवा प्रवेश गरेका थिए । उनले नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी, वारंगल भारतबाट कम्प्युटर साईन्स र इन्जिनियरिङ्ग एम्टेक तथा काठमाडौं विश्वविद्यालयबाट एमबिए समेत गरेका छन् । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातककोत्तर गरिरहेका उनले भारत, चीन, हङकङ, फिलिपिन्स, सिंगापुर, युरोप, संयुक्त राज्य अमेरिकामा तालिम तथा भ्रमण गरिसकेका छन् ।
एमएल सिएफटीको क्षेत्रमा, साइबर सुरक्षा, पेमेन्ट सिस्टममा समेत अनुभव संगालेका छन् । हाल उनी केन्द्रीय बैंकको पेमेन्ट सिस्टम विभागमा कार्यररत छन् । उनले केन्द्रीय बैंक डिजिटल मुद्रा महाशाखाको नेतृत्व समेत सम्हालिसकेका छन् ।
डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ । कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।
‘नेपालमा कर्जा विस्तारको चुनौतीलक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीतिस् आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।





About Us
प्रतिक्रिया