गभर्नर पौडेलविरुद्धको रिटमा सुनुवाइ हुँदै


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज अन्तरिम आदेशबारे छलफल हुने भएको छ ।

गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै परेको रिटमा आज दोस्रो पटक सुनुवाइ हुन लागेको हो। पौडेलले पहिलो निर्णय नयाँ नोट छाप्ने  विषयमा गरेकाले उनलाई नोटमा हस्ताक्षर गर्नबाट पनि रोक लगाउनुपर्ने रिट निवेदकको माग छ।

गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको रिटमा दाबी गरी अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका हुन् । डा. पाैडेल जेठ ६ गतेदेखि गभर्नरमा नियुक्त भएका हुन् ।