काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्रको वक्ताका रूपमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल ढकाल सहभागी हुने भएका छन् । ढकाल बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।
ढकाल बैंककाे सीईओमा २०२३ डिसेम्बर ६ मा नियुक्त भएका हुन् । यो भूमिकाअघि उनले सोही बैंकमा वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृतको पद सम्हालेका थिए। ढकालले विकास बैंकको सीईओ र एनआईसी एशिया बैंकको उप-प्रमुख कार्यकारी अधिकृत लगायत विभिन्न बैंकिङ्ग पदहरूमा अनुभव हासिल गरेका छन्।
उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् र बैंकिङ्ग क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव छ। उनले ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष र एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्ष सम्हालिसकेका छन् । उनी डेभलपमेन्ट एशाेसिएसनकाे कोषाधक्ष्य रहेका छन् ।
डिस्कोर्शको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । उद्घाटन सत्रमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंक, निजी क्षेत्र र वाणिज्य तथा विकास बैंकका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तित्वहरूको समेत उपस्थिति रहने छ । कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ ।
‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्यास: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।






About Us
प्रतिक्रिया