नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब २२ करोड 


काठमाडौं – सोमबार शेयर बजार झिनो अंकले बढेर  बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव ७७ अंकले बढेर बजार  २,६ सय ९५ दशमलव ८४ को बिन्दुमा कायम भएको छ । आज ११५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड २० लाख ३१ हजार  कित्ता शेयर किनबेच हुँदा ९अर्ब २२ करोड माथिको शेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै ङादी ग्रुप पावर  कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८७ करोड  ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। 

आज सबैभन्दा धेरै ओम मेगाश्री र पिओर इनर्जी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै गुमाउने कम्पनीमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेको छ । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २४ प्रतिशतले गुमाएका छन् ।