काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नेपाल लगानी बोर्डको पूर्व सीईओ राधेश पन्त सहभागी हुने भएका छन्। पन्त छलफलको पहिलो सत्र नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।
राधेश पन्त भीरक एन्ड कम्पनीको अध्यक्ष हुन् । उनको करियर ३५ वर्षको उमेरमा प्रमुख कार्यकारी अधिकृत सीईओको रूपमा सुरु भएको थियो, जहाँ उनले कुमारी बैंकमा राजनीतिक, ऋण, र तरलता संकटहरूको कुशलतापूर्वक नेतृत्व गरेका छन्।
पन्तले आफ्नो करियरको सुरुवात लस एन्जलसमा एक बायोटेक्नोलोजी फर्मको वित्तीय विश्लेषकको रूपमा काम गरेका छन् । उनले आफ्ना प्रारम्भिक वर्षहरू जापानमा बिताएका छन् । ३० वर्षभन्दा बढीको अनुभवका साथ, उनको विशेषज्ञता नेतृत्व, सामान्य व्यवस्थापन, कर्पोरेट वित्त, र नीति संवादमा फैलिएको छ।
बैंकिङ्ग समाचारको आयोजनामा यही जेठ २२ गते तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५’ आयोजना हुने भएको छ। सन् २०२३ देखि आयोजना हुँदै आइरहेको राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्शको तेस्रो संस्करण यही जेठ २२ गते हुने भएको हो। काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा जेठ २२ गते तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ आयोजना हुने भएको हो ।
कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ । ‘नेपालमा कर्जा विस्तारको चुनौती स् लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति:आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।






About Us
प्रतिक्रिया