तेस्रो नेशनल बैकिङ्ग डिस्कोर्श: दोस्रो सत्रकाे वक्तामा सुमन पोखरेल सहभागी हुँदै


काठमाडौं – तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ मा वक्ताका रूपमा ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेल सहभागी हुने भएका हुन् । छलफलको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरुमा कर्जा विस्तारको समस्या समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी ’शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सहभागी हुने भएका हुन् ।

सुमन पोखरेलले बैंक तथा वित्तीय सेवामा २० वर्षभन्दा बढीको अनुभव बटुलिसकेका छन् । पोखरेलले आईटी प्रणाली, डिजिटल बैंकिङ, लेनदेन बैंकिङ, डिजिटल नवप्रवर्तन, रेमिट्यान्स र अन्तर्राष्ट्रिय कार्यालयहरू, वित्तीय स्रोत व्यवस्थापन, मध्यम कर्पोरेट, साना तथा मझौला उद्यम कर्जा, वञ्चित क्षेत्र कर्जा, रिटेलरउपभोक्ता कर्जा र क्रेडिट प्रशासन विभागको निरीक्षण गरिसकेका छन्। उनले यसअघि आईएमई ग्रुप नेपालको वरिष्ठ उपाध्यक्ष, आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत, स्मार्ट च्वाइस टेक्नोलोजीज प्रा.लि.एससीटी नेटवर्क को अध्यक्ष र डिश मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको रूपमा काम गरेका छन् ।

पोखरेलले एमआईटी, इन्डियन स्कूल अफ बिजनेस, इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट, एओटीएस जापान, र आईडीआई यूएसएबाट डि जिटल रणनीति र नेतृत्वमा व्यावसायिक तालिम पूरा गरेका छन् । उनीसँग त्रिभुवन विश्वविद्यालयबाट बिजनेस स्टडीजमा स्नातकोत्तर डिग्री छ। बैंकिङ्ग समाचारको आयोजनामा यही जेठ २२ गते तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५’ आयोजना हुने भएको छ। सन् २०२३ देखि आयोजना हुँदै आइरहेको राष्ट्रिय स्तरको बैंकिङ्ग डिस्कोर्शको तेस्रो संस्करण यही जेठ २२ गते हुने भएको हो।

कार्यक्रममा उद्घाटन सत्रसहित चार वटा ‘प्यानल डिस्कसन’ र एउटा विशेष सत्र रहनेछ । ‘नेपालमा कर्जा विस्तारको चुनौती: लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्या: समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।

यसबाहेक, पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।