काठमाडौं – तेस्रो नेशनल बैकिङ्ग डिस्कोर्स २०२५ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी हुने भएका छन्। छलफलको पहिलो सत्र शिर्षकमा वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन्। छलफलको पहिलो सत्रको नेपालमा कर्जा बिस्तारको चुनौती लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा सहभागि हुने भएका हुन् ।
नेपाल राष्ट्र बैंकमा २१ वर्षभन्दा बढीको अनुभव भएका पौडेल सन् २००२ मा सहायक निर्देशक पदमा प्रवेश गरेका थिए । २१ वर्षको अवधिमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा कार्यरत रहेर हाल बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकका रुपमा रहेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमफिल र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । आफ्नो अनुभव र ज्ञान बढाउनका लागि उनले अन्तर्राष्ट्रिय स्तरमा धेरै तालिम र सेमिनारमा भाग लिएका छन् ।
बैंकिङ्ग समाचारको आयोजनामा यही जेठ २२ गते तेस्रो ‘नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५’ आयोजना हुने भएको छ। सन् २०२३ देखि आयोजना हुँदै आइरहेको राष्ट्रियस्तरको बैंकिङ्ग डिस्कोर्शको तेस्रो संस्करण यही जेठ २२ गते हुने भएको हो। काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्नेछन्। बैंकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजनमा जेठ २२ गते तेस्रो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२५ आयोजना हुने भएको हो ।
‘नेपालमा कर्जा विस्तारको चुनौतीस् लक्षित उपायहरूको प्रयोग, क्षेत्रगत अनुकूलन र अन्य सम्भावनाहरू’ र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नवीन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ नामक पहिलो र दोस्रो सत्र छन्। यस्तै, तेस्रो सत्रमा ‘ओपन बैंकिङ्ग र फिनटेकः सहकार्य, प्रतिस्पर्धा र नेपालमा नियो–बैंकको नियामकीय अवधारणा’ र ‘मौद्रिक नीति: आर्थिक शिथिलताको चक्र तोड्न वित्त नीति र मौद्रिक नीतिको रणनीतिक साझेदारी’ नामक अन्तिम सत्र हुनेछ ।
यसबाहेक, पूर्व अर्थमन्त्री डा.प्रकाश शरण महतसँग ‘विशेष सत्र’ हुनेछ । डिस्कोर्शको मुख्य प्रायोजककारुपमा ग्लोबल आईएमई बैंक रहेको छ । यस्तै, इभेन्ट पार्टनरमा ‘इसेवा’ रहेको छ भने रेमिट्यान्स पार्टनरमा ‘माइपे रेमिट्यान्स’ र इन्टरनेट पार्टनरमा डिसहोम रहेको छ । यसैगरी, ‘सर्पोटेडबाइ’मा नबिल बैंक, एससीटी, महालक्ष्मी विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र इन्भेष्टमेन्ट मेगा बैंकसहित अन्य विभिन्न बैंक तथा वित्तीय संस्था र फिनटेक कम्पनीहरू समेत रहेका छन् ।





About Us
प्रतिक्रिया