सप्तकोसी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – सप्तकोसी डेभलपमेन्ट बैंकले बिद्यामान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरूको लागि संस्थापक शेयर बिक्री खुला गरेको छ ।

 बैंकले संस्थापक समूहको नाममा रहेको ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि पनि बिक्रीमा राखेको हो । उक्त शेयर खरिद गर्न इच्छुकले न्यूनतम १०० कित्ता बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

उक्त शेयरमा आवेदन दिन इच्छुकले जेठ २५ गते कार्यालयको समय सीमाभित्र सम्पूर्ण सर्तको अधीनमा रही गोप्य सिलबन्दी आवेदन दिन सक्नेछन् ।  यस बैंकको संस्थापक शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।