काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष राजेन्द्र वीर राय पक्राउ परेका छन् । सल्यान घर भई हाल बाँकेको नेपालगन्जमा बस्दै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीको सिद्धार्थ नगरपालिका वडा न. १ बेलहियाबाट पक्राउ गरेको हो ।
उनले कर्णाली डेभलपमेन्ट बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत एवं पटक पटक सञ्चालक समितिको अध्यक्ष पदमा रहेर २५० करोडभन्दा बढी रकम हिनामिना गरेको अपरोपमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता युवराज खड्काले जनाएका छन्। उनले बैंकको उक्त पदमा रहेर बचतकर्ताको रकम हिनामिना गरेको पाएको उनले जनाएका छन् ।
उनका अनुसार, रायलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनले हिनामिना गरेको रकमलाई कुन कुन कार्यमा उपयोग गरे र सो कार्यका लागि अन्य को–को संलग्न रहेका थिए भने कुरा अनुसन्धान गरिँदै गरिएको ब्युरोका प्रवक्ताले जनाएका छन् ।






About Us
प्रतिक्रिया