काठमाडौं – नेपाल राष्ट्र बैंकका निर्देशक दिर्घ रावल कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।
रावल हाल मुद्रा व्यवस्थापन विभागमा निर्देशकको रुपमा कार्यररत रहेका छन् । उनले राष्ट्र बैंकमा एक दशक बढी काम गरिसकेका छन् । उनले काठमाडौं युनिभर्सिटिबाट दर्शनशास्त्रमा स्नातकोत्तर (एमफिल) गरेका छन् ।
प्रतिक्रिया