बजेटलाई लिएर राष्ट्र बैंक सकारात्मक छ, कार्यान्वयनमा जोड दिनेछौँः  गभर्नर पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लिएर सकारात्मक रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेटलाई लिएर सकारात्मक रहेको र कार्यान्वयन प्रभावकारी भूमिका खेल्ने बताएका हुन् ।

उनले भने ‘बजेटमा समावेश भएका नीतिहरू कार्यान्वयनका लागि राष्ट्र बैंकले सकारात्मक छ । बजेटमा हाम्रो पूर्ण समर्थन छ । बजेटमा समावेश भएका पक्षमा अध्ययन पनि गरिरहेका छौँ।’