सुनचाँदीको गहना निकासी गर्ने उद्योगलाई वेयर हाउसको सुविधा उपलब्ध गराइने


काठमाडौं – सरकारले सुनचाँदीको गहना निकासी गर्ने उद्योगलाई वेयर हाउसको सुविधा उपलब्ध गराउने भएकाे छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सुनचाँदीको गहना निर्यात गर्ने उद्योगलाई बन्डेड वेयरहाउसको सुविधा उपलब्ध गराउने बताएकाे हाे ।

साथै, यस्ता उद्योगले निकासी मूल्यको न्यूनतम ५० प्रतिशत विदेशी मुद्रा अग्रिम भुक्तानी प्राप्त गरेमा सो रकम बराबरको सुनचाँदी खरिद गर्न सकिने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ।