राष्ट्रियस्तरका विकास बैंकः धेरै नाफा कमाउनेमा मुक्तिनाथ र गरिमा


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को वैशाखसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले ४ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा कमएका गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ४ अर्ब ५ करोड ४२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ८.०८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ४ अर्ब ५ करोड ४२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा याे वर्ष बैंकहरुको नाफा ८.०८ प्रतिशतले बढेको छ। 

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ। यो बैंकले वैशाखसम्म ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, दाेस्राेमा गरिमा विकास बैंकले ८६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ। गरिमापछि शाइन रेसुंगा बैंकले ६१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएकाे छ ।

यस्तै, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख रुपैयाँ, सांग्रिला विकास बैंकले ४९ करोड ८७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख रुपैयाँ, ज्योति विकास बैंकले ३६ करोड १४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।