नियो बैंक स्थापनाका साथै शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरिने


काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नियो बैंक स्थापना गरिसक्ने सरकारको लक्ष्य रहेको अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताए । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

साथै, दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय पहुँच पुर्‍याउन पहल हुने र ग्रामीण अर्थतन्त्र बलियो बनाउने लक्ष्य रहेको उनले बताए ।

उनले उक्त केवाईसी आवश्यक पर्ने निकायले डिजिटल माध्यमबाट लिन सकिने व्यवस्था गरिने घोषणा गरे। यसैगरी उनले डिजिटल बैंकिङ्ग र शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरिने बताए।