काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनसरी, मोरङ, चन्द्रनहर, कमला, नारायणी, गण्डक लगायतका सिंचाई प्रणलीहरुको मर्मतसम्भार व्यवस्थापनका लागि १ अर्ब ८२ करोड विनियोजन गरेका छन् ।
उनले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन्
उनका अनुसार देशभर रंगशाला विकास र खेल संस्कृती विकास गर्दै युवाहरुलाई खेलकुदमा आकर्षित गर्ने लक्ष्य बजेटले लिएको छ । अन्तर्राष्ट्रिय खेलकुद विधामा पदक जित्ने लक्ष्यसहित खेलाडीलाई प्रोत्साहन भत्ता र छात्रवृत्ति दिइने समेत अर्थमन्त्रीले जानकारी दिए ।
यसबाहेक, महिला खेलाडीलाई पुरुषसरहको सेवा दिने र प्रत्येक जिल्लामा कम्तिमा ३ वटा स्पोर्टस एकेडेमी सञ्चालन गर्ने योजना सरकारले बनाएको छ ।



About Us
प्रतिक्रिया