काठमाडौं – सरकारले स्वास्थ्य बीमालाई १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थय बीमा कार्यक्रमलाई १० अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब रुपैयाँ विनियोजन गर्ने जानकारी दिए । यो रकमबाट स्वास्थ्य बीमाको बक्यौता रकम भुक्तानी गर्ने समेत उनको घोषणा रह्यो ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तगर्त अर्बौं रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व छ । यसबाहेक कोरोना बीमाको भुक्तानी समेत बाँकी छ । अर्थमन्त्री पौडेलले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब रुपैयाँ विनियोजन गरेका छन् ।





About Us
प्रतिक्रिया