काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिनिधि सभामा पेस गर्दै पुँजीकोष र तरलता अनुपात नियामकीय सीमाभन्दा अधिक र पर्याप्त रहेकोले बैंकिङ्ग क्षेत्र सवल अवस्थामा रहेको बताएका छन् । पौडेलले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रवर्द्धन गर्ने गरी नीतिगत तथा संरचनागत परिवर्तन भएको र वित्तीय साक्षरता तथा ग्राहकहीत संरक्षणमा जोड दिइएको कारण वित्तीय पहुँचमा सुधार भएको उल्लेख गरेका छन् ।
त्यस्तै, आर्थिक सर्वेक्षण रिपोर्टकाअनुसार निक्षेप तथा कर्जाको ब्याजदर घटे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। यसैगरी, वित्तीय प्रणाली (सहकारी संस्था, सामाजिक सुरक्षा कोष र म्युचुअल फण्ड बाहेक) को सम्पत्ति तथादायित्व संरचनामा बैंकिङ्ग क्षेत्रको अंश उच्च रहेको बताएको छ । २०८१ पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८५.६ प्रतिशत रहेको अर्थले जनाएको छ ।
वित्तीय प्रणालीको सम्पत्ति र दायित्वमध्ये नेपाल राष्ट्र बैंकको अंश १७.४ प्रतिशत, वाणिज्य बैंकको अंश ५६.८ प्रतिशत र बैंकिङ्ग क्षेत्रका अन्य वित्तीय संस्थाको अंश ११.४ रहेको छ ।
प्रतिक्रिया