काठमाडौं – हिजोदेखि (बुधवार) बन्द भएको शेयर बजार अब अर्को साताको आइतबार मात्र खुल्ने भएको छ । आज अर्थात् बिहीबार गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदाका कारणले नेप्से बन्द हुने भएको हो ।
बाँकी २ दिन शुक्रबार र शनिबार नियमित बिदाअन्तर्गत शेयर बजार बन्द हुने भएको हो । यसअगाडि केन्द्रीय बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पुँजी बजार लक्षित नीति लिएसँगै लगानीकर्ताहरूमा उत्साह देखिएको थियो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्दा लगानीकर्तामा उत्साह देखिएको हो । यसअघि शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेको थियो।
तर, नेप्से परिसूचकमा उल्लेख्य सुधार आउन सकेको छैन । अब आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटकाे पर्खाइमा लगानीकर्ताहरू रहेका छन् ।



About Us
प्रतिक्रिया