सुनको मूल्य प्रतितोला १५ सय घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – बिहिबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला १५ सय रूपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।