काठमाडौं – नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षामार्फत घोषणा भएका विभिन्न व्यवस्थाहरुको कार्यान्वयनमा जुटेको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्र्दै समिक्षामार्फत घोषणा भएका विभिन्न व्यवस्थाहरुको कार्यान्वयनमा जुटेको हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षामार्फत वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गर्ने र शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गर्ने बताएको थियो । जसलाई नै कार्यान्वयन गर्नेगरी केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८१ मा संशोधन गरेको हो ।






About Us
प्रतिक्रिया