काठमाडौं – निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ३५ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनहिरुले २३ लाख ५८ हजार ५११ वटा बीमा पोलिसी बिक्री गरी कुल ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् । हाल संचालनमा रहेका बीमा कम्पनीहरुले उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।
सबैभन्दा धेरै शिखर यनस्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इनस्योरेन्सले ३ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा जिआइसी इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १६ करोड रुपैयाँ र नेशनल इनस्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।





About Us
प्रतिक्रिया