काठमाडौं – संघीय संसद अन्तरर्गतको प्रतिनिधि सभाको बैठक आजपनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी सहितका अन्य प्रतिपक्षी दलले संसद अवरुद्ध गरेपटि बैठक आजका लागि स्थपगत भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन विभागको सेटिङ्गमार्फत लाखौं रकम असुलेर भिजिट भिसामामार्फत युवालाई विदेश पठाउने गिरोहको सूचीमा गृहमन्त्री लेखकको नाम जोडिएपछि प्रतिपक्षीले संसद अवरुद्ध गरेपछि बैठक भोलि १ बजे बस्नेगरी स्थगित भएको हो ।
आज उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची थियो । तर, प्रतिपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिनेगरी अवरुद्ध गरेपछि जेठ १५ अर्थात भोलि प्रस्तुत हुनुपर्ने बजेटको कार्यसूची समेत प्रभावित बन्ने जोखिम बढेको छ । बजेट भाषणअघि प्रस्तुत गर्नुपर्ने आर्थिक सर्वेक्षणमा समेत अवरुद्ध गरेपछि बजेट भाषण समेत प्रभावित हुने आँकलन गरिएको छ ।
गत वर्षको बजेट भाषणमा पनि संसद अवरुद्ध भएको थियो । जबकी, सत्तापक्ष दलले अवरुद्धकै बीचमा बजेट भाषण गरेका थिए । यसपटक पनि चूनौतीपूर्ण भएपनि दुई तिहाईसहितको सरकारले पेलेरै बजेट ल्याउन सक्ने अनुमान गर्न सकिन्छ ।
व्यवस्थाअनुसार नै पनि जेठ १५ गते जुनसुकै हालतमा पनि बजेट पेस गर्नुपर्ने हुन्छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि ३ बजे संसदमा बजेट पेश गर्ने कार्यसूची तय छ ।



About Us
प्रतिक्रिया