काठमाडौं – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद शेयर निष्काशनका लागि स्वीकृति पाएको छ ।
कम्पनीले हाल चुक्ता पँजी १ अर्ब १७ करोड ३२ लाख को १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न जेठ १३ गते आयोगको स्वीकृति पाएको हो । आयोगको २७० औं बैठकले विद्युत नियमन आयोग नियमावली २०७५ को नियम ४५, विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वनजिक निष्कासनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५, ६ र ७ बमोजिम सहमति प्रदान गर्ने निर्णय गरेको हो ।



About Us
प्रतिक्रिया