गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा



काठमाडौं – गोर्खाज फाइनान्स संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुका लागि शेयर बिक्री खुला गरेको छ । संस्थाले ५ जना संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
संस्थाले देवा राज राईको नाममा रहेको ४ हजार ९ सय ९९ कित्ता, बाबु राम थापाको नाममा रहेको ८९ कित्ता शेयर बिक्रीमा राखेको छ । त्यस्तै, जितेन्द्र थापा मगरको ४ हजार ४६ कित्ता, मिन तामाङ्गको ३ हजार ५ सय १९ कित्ता र अम्बिका मोहन जोशीको नाममा रहेको १२ हजार २९ कित्ता शेयर बिक्रि खुला गरेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यामान संस्थापक शेयरधनीले यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि यस संस्थाको मुख्य कार्यालय चारखालरोड, डिल्ली बजार काठमाडौंमा आफूले खरिद गर्र्ने कित्ता संख्या खुलाई लिखित आवेदन दिन सकिने छ ।