काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार ६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले चालु आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ।





About Us
प्रतिक्रिया