काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले असार १८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे अट्ठाइसौँ वार्षिक साधारण सभा बोलाएको छ।
उक्त सभाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ। यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरेर चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साथै, सञ्चालक समितिमा सर्वसाधारण तथा संस्थापक समूहको प्रतिनिधित्व गर्न सञ्चालकहरूको निर्वाचन पनि सोही सभाले गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले यही जेठ २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ २४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र उक्त सभामा भाग लिन सक्नेछन्।



About Us
प्रतिक्रिया